भित्तेलेखन गर्न पाइन्नः मेयर शाक्य 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन्। नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।‘हामी नीति बाहिर जानुहुन्न,’ शाक्यले भने, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न। जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ।’

समान समाचार