१० जना महिलासहित २९ जुवाडे कपनबाट पक्राउ

काठमाडौं प्रहरीले १० जना महिलासहित २९ जना जुवाडे पक्राउ गरेको छ । मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार उनीहरुको साथबाट १४ लाख रुपैयाँ, ३० थान कौडा समेत बरामद गरेको छ । 

समान समाचार