कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा, घिमिरे नियुक्त

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको छ । देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन्...

समान समाचार