कुकुरसँग ठोक्किँएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो बेलुकी पौने ९ बजे सडकमा रहेको कुकुरसँग ठोक्किँएर भारतीय नम्बरको मोटरसाइकल पल्टिँदा पाल्हिनन्दन गाँउपालिका-५ गेर्माका ३५ वर्षीय रमेशमणी तिवारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमानिगञ्जले जानकारी दिएको छ ।...

समान समाचार