काठमाडौं रेजर्सले जित्यो पहिलो नेपाल सुपर लिग फुटबल

काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल प्रतियोगिताको उपाधि जितेको छ। दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० गोलले हरायो। काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पनि पाएको छ।...

समान समाचार