राष्ट्रपति म्याँक्रोलाई झापड हान्ने व्यक्तिलाई चार महिनाको जेल, १४ महिना निलम्बनकाे सजाय

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोलाई झापड हान्ने व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ। बिहीबार फ्रान्सको एक अदालतले म्याक्रोँलाई झापड हान्ने डामिएन टारेललाई चार महिनाको जेल तथा १४ महिना निलम्बनको सजाय सुनाइएको हो।  त्यस्तै, उनलाई पाँच वर्षसम्म सरकारी कार्यालयमा काम गर्न र हतियार राख्न प्रतिबन्ध लगाइएको छ।

समान समाचार